परमप्रभुमा तिमीले भरोसा राख
Chorus
परमप्रभुमा तिमीले भरोसा राख
तिम्रो आफ्नै समझ शक्तिमा भरोसा नराख
आफ्नो सबै व्यवहारहरूमा उहाँलाई सम्झ
परमप्रभुले तिम्रा मार्गहरू सुगम तुल्याई दिनुहुन्छ ।
Verse
परमप्रभुमा तिम्रो धन सम्पत्तिले आदर गर
तिम्रा सबै परिश्रम र मेहनतको पहिलो अंशले
निरन्तर (२) उहाँकै सेवा गर
तिम्रा सबै ढुकुटीहरू अन्नले भरिपूर्ण हुनेछ ।
Verse
परमप्रभुमा भय राख, अनुशासनलाई हेला नगर
उहाँको ताडनादेखि चित्त कदापि नदुखाऊ
परमप्रभु जसले तिमीलाई प्रेम गर्नुहुन्छ
उहाँले तिमीलाई आफ्नो हत्केलामा खोपेर राख्नुहुन्छ ।