KB · Hymns · #383
हे मेरा ईश्वर
A6/8
Chorus
हे मेरा ईश्वर, हे मेरा प्रभु एकलो जीवनको
एक सहारा बनिदेऊ प्रभु दृढ़ पहरा
Verse
उच्च जीवनको यो अभिलाषा लिई जीवनको छोटो गोरेटोमा
म जाँदैछु, प्रभु, जाँदैछु म, डोर्याउनुहवस् प्रभु, मलाई ।
Verse
आशा निराशाको घोर संग्राममा विजय निराश बनेपछि
जिउनु कसरी यो जीवन दिई निराश जीवनको मात्र बनी ।
Verse
आशा-निराशाको सुसंचालन प्रभु तपाईं नै हो भने आज
अगुवाइ प्रभु आफै बनी, बिन्ती छ प्रभु, साथमा भई ।