KB · Hymns · #550
गाउँ बस्ती तराई
Chorus
गाउँ, बस्ती, तराई अनि पहाड़-पखेरोमा
रोइरहेछन् मानिसहरू सधैँ अँध्यारोमा
यसैले हामी जाऊँ ख्रीष्टको सन्देश सुनाउन (२)
Verse
असत्य फ्याँकी सत्यता खोज्ने उद्देश्य महान्
सफल जीवन व्यतित गर्न निराश नमान (२)
यो काम हामी सम्हाल्छौं, प्रभु, यो जिम्मा हाम्रो भो’
सही बाटो पक्री हिँड़्दछौँ, मसीह, यो प्रण हाम्रो हो (२)
Verse
झुकेन शिर रत्तिभर पनि झन् अझ उच्च ‘थ्यो
मानिसको जस्तो मरण होइन ख्रीष्टत्व झल्कन्थ्यो
खेदोका पहाड़ कति हो कति सामुन्ने तेर्सिन्थे
ती बिध्नबाधा हटाउने प्रार्थना सदैव जारी ‘थे
मानिस भई मानिसजस्तै जिउन चाहन्छौँ
सत्यको सन्देश सुनाई बढ़्न चाहन्छौँ ।