KB · Hymns · #265
येशू छेउ म आउँदा उनले राख्छन् छेउ
D2/2
Verse
येशू छेउ म आउँदा उनले राख्छन् छेउ
उनले शान्ति दिन्छन् जब छु उदास ।
Chorus
येशू छेउ म आउँदा तृप्त छु सधैँ
साना नानी सबलाई राख्छन् छेउ बोलाई
Verse
येशू छेउ म आउँदा गर्छन् उनले प्यार
बिन्ती सुनी मेरो लिन्छन् पापको भार ।
Verse
येशू छेउ म आउँदा लिन्छन् मेरो हात
मेरो साथ-साथ हिँड़्छन सधैँ दिन र रात ।
Verse
राम्रो वस्त्र लगाई स्वर्गमा सधैँ
हेर्छु म खूब रमाई प्रभु येशूलाई ।