KB · Hymns · #238
साथी दिन धेरै ढलिसक्यो
Em4/4
Chorus
साथी दिन धेरै ढलिसक्यो, पश्चात्तापको बेला बितिसक्यो
सुसमाचार सुनाउन जाने हो कि क्रुसलाई नै अङ्गालिबस्ने हो ?
Verse
येशूको जीवनलाई हेर, सरलताको सजीव शक्ति हो (२)
साँचो मानव जीवनको मात्र एउटा उदाहरण हो
उहाँकै नजरमा तर हाम्रो अवस्था कस्तो-कस्तो छ
सोचिदेऊ एक क्षण आज तिमी, स्वर्गीय प्रेम किन सस्तो छ ।
Verse
भन्छन् सबै मानव यहाँ मातिएर दानव हुन्छ (२)
माया नपाई रुन्छन् भने पाएर फेरि सुस्ताउँछन्,
माया प्रभुको असीमित छ, चेतना हाम्रो कहाँ हरायो
अनुग्रह उनको सदा छ, जोश हाम्रो किन सेलायो ?