KB · Hymns · #823
येशू तपाईंलाई यो मेरो जीवन आज नै सुम्पन्छु
D3/4
Chorus
(येशू तपाईंलाई यो मेरो जीवन आज नै सुम्पन्छु) (२)
(मैले गरेका विगतका सबै गल्तीलाई स्विकार्छु) (२) ।
Verse
कहिले जानेरै कहिले अन्जानमा भूल हुन पुग्यो कि ?
त्यही भूलले गर्दा येशू तपाईंको हृदय दुख्यो कि ?
जे जस्तो दुःख आइपरे पनि भूलदिन तपाईंलाई
(पापैमा जन्मे पापैमा हुक माफ गर्नु होस् मलाई) (२)
Verse
विगत मेरो जे जस्तो रह्यो वर्तमान सुधार्छु
यो पापी हृदय तपाईंको जीवित वचनले धुदछु
एक मुट्ठी सास रहिरहेसम्म तपाईंमै जिउने छु
(अध्यारो पथमा ज्योति तपाईंकै वचनले छर्नेछु) (२)