KB · Hymns · #868
अनन्त जीवनको बाटोभरि ज्योति बनेर सधैँ-सधैँ
C3/4
Chorus
अनन्त जीवनको बाटोभरि, ज्योति बनेर सधैँ-सधैँ
डोर्याउनुहोस् प्रभु मलाई साथ दिनुहोस् सदा-सदा(२)
Verse
आउँनेछु प्रभु तिम्रो साथमा कठिन यात्रा लामो नि भए पनि (२)
बाटोभरि काँड़ाले बिजे पनि (२) तपाईं माझ एकलो म भए पनि
डुब्नेछ आशाको जब घाम पनि ज्योति बनेर सधैँ-सधैँ
डोर्याउनुहोस् प्रभु मलाई साथ दिनुहोस् सदा-सदा
Verse
प्रशंसा धन्यवाद चढ़ाइरहूँ आराधनाको जीवन देऊ मलाई (२)
प्रभु तिम्रो चरणमा रहन देऊ (२) जीवनको अन्तिम पलसम्म मलाई
अन्धकार संसारको यात्राभरि ज्योति बनेर सधैँ-सधैँ
डोर्याउनुहोस् प्रभु मलाई साथ दिनुहोस् सदा-सदा ।