KB · Hymns · #689
कति आनन्द छ जीवन संघर्ष र दुःख पछि
G4/4
Chorus
कति आनन्द छ जीवन संघर्ष र दुःख पछि
कति मीठा छन् ती फल रोपाइ र कटनी पछि
Verse
हाम्रो जीवन यात्रा नै हो आउँछन् अनेक दुःख बाधा (२)
जीवन हाम्रो पानी जस्तै हुन्छ अनेक ठक्कर यहाँ (२)
संघर्षको जीवन जिउनु नै ख्रीष्टीय जीवन हो (२)
Verse
दुःख पीड़ा सबलाई भुलो ख्रीष्टको वचन याद गरी (२)
बढ़्दै जाऔँ आउ येशूमा क्रूस बोकी सियोनसम्म (२)
अनि तिमीले विजय पाउनेछौ ख्रीष्ट येशूमा (२)