KB · Hymns · #812
अर्पन्छु प्रभु मेरो जीवन तपाईंको चरणमा
G3/4
Chorus
(अर्पन्छु प्रभु मेरो जीवन तपाईंको चरणमा
लिनोस् प्रभु मेरो जीवन तपाईंको राज्यमा तपाईंको राज्यमा) (२)
Verse
कलवरी क्रूसको पिडा सम्झँदा हृदय मेरो तड्पन्छ
सागर झैं गहिरो प्रेमलाई बुझ्दा मन मेरो कम्पन्छ ।
(आफ्नै जीवन बलि दिएर पाप मेरो धुनुभयो) (२)
म मर्नु थियो मेरो सट्टामा (येशूजी मर्नु भो) (२)
Verse
संसारिक जीवन बिताए मैले आफ्नै अभिलाषामा
सृष्टिकर्तालाई भुलेर मैले सत्यता खोजेँ अँध्यारोमा
(मैले चुनिन प्रभु तपाईंलाई आफैले चुन्नुभयो) (२)
हराएको म पापी भेडालाई (येशूले भेट्टाउनु भो) (२)