KB · Hymns · #762
मेरा सर्वस्व प्रभु आज म सुम्पँदछु
Chorus
मेरा सर्वस्व प्रभु आज म सुम्पँदछु
लेऊ प्रभु अब मलाई ग्रहण गरिदेऊ (२)
Verse
मेरा आत्मा, प्राण शरीर, मेरा सोच-विचार कार्य (२)
सब थोक आज अर्पन्छु लेऊ प्रभु अब मलाई (२)
तिम्रा निम्ति जिउन प्रभु चाहन्छु, महिमा होस् तिम्रै सदा । (२)
Verse
झल्काऊ ममा तिम्रो प्रेम, जीवन, ज्योति, अनुग्रह (२)
बढ्न सकूँ म प्रभु जिउन सकूँ म प्रभु (२)
तिम्रो बडाइ गर्न प्रभु चाहन्छु, महिमा होस् तिम्रै सदा । (२)
Verse
गरून् हातले तिम्रा काम, तिम्रा निम्ति सेवा (२)
तिम्रा काममा पाउ रहुन्, जिब्रोबाट प्रशंसा (२)
तिम्रा निम्ति हृदयले प्रेम गरोस्, महिमा होस् यस देहबाट । (२)