KB · Hymns · #544
तुरहीको चर्को स्वरमा
Em4/4
Chorus
तुरहीको चर्को स्वरमा प्रधान दूत गर्जन्छन् है
बादलको सवारीमा येशू एक दिन आउँछन् है
आफ्नी दुलही साथमा लानलाई (२)
बादलको सवारीमा येशू एक दिन आउँछन् है ।
Verse
चिहानभित्र सुतेकाहरू महिमित शरीरमा उठ्छन् है
हामी सबै दुलही बनी प्रभुलाई भेट्न जान्छौँ है ।
Verse
त्यस दिन सबै साथी-सङ्गी बेहाल भई यहाँ छुट्छन् है
त्यो दिन हाम्रो आँसु प्रभुले पुछी सधैँ साथ राख्छन् है ।