KB · Hymns · #241
नसम्झ यहाँ यो जीवन हाँसेर मात्र बाँचेको
C4/4
Chorus
नसम्झ यहाँ यो जीवन हाँसेर मात्र बाँचेको
सोचन मनमा आफैलाई, छ तिम्रो आत्मा बाँचेको
निर्णय आजै नै गरिदेऊ, भोलि त अबेर भइजाला
नभए एक दिन यो जीवन रोइ-रोइ यहाँ रहिजाला (२)
Verse
लुकाइराख्छौ तिम्रो पाप, बोकेर कहाँ लान्छौ र ?
बिसाउन बरु तुरून्तै लिएर कहाँ जान्छौ र ? (२)
गोरेटो सानो सुरिलो कलवरी डाँड़ा पुग्नलाई
नमान संकोच यो मनमा ईश्वरको सामु झुक्नलाई ।
Verse
रगतको थोपा आलो छ गलगथाको बाटोमा
प्रभुले बोके दयनीय क्रूस, हाम्रो पापको साटोमा (२)
बलिदान यहाँ जीवनको कष्ट र पीर मुटुमा
सहेको छ है उनैले तिम्रो र मेरो निम्तिमा ।