KB · Hymns · #255
अर्जी हाम्रो सुन्यौ नि
D4/4
Chorus
अर्जी हाम्रो सुन्यौ नि नेपालको ढोका खोल्यौ नि प्रभु
मनको ढोका चाँड़ै नि सबका खोलिदेऊ, प्रभु नेपाली भाइका
Verse
स्वर्गको वैभव त्यागेर प्रभु संसारमा आए नि (२)
तिमी र मलाई मुक्ति दिनु क्रूस उठाए नि (२)
Verse
नेपाली भाइ, नेपाली बहिनी अबेर भइसक्यो (२)
किन बस्छौ निश्चिन्त भई बेला गइसक्यो (२)
Verse
विश्वास गर येशूमा हौ, जीवन अमर लेऊ (२)
ख्रीष्टकै निम्ति बलियो भई नेपाल जितिदेऊ (२)