परमेश्वर मेरा हुन् अगुवा
C4/4
Verse
परमेश्वर मेरा हुन् अगुवा, यो सुन्नु कस्तो सान्त्वना
जे जति गरूँ, जाऊँ जता, परमेश्वर मेरा हुन् अगुवा ।
Chorus
परमेश्वर मेरा हुन् अगुवा, मलाई डोर्याउँदछन् सदा
म उनको पछि लागूँला कारण परमेश्वर हुन् अगुवा
Verse
भव सागर कहिले शान्त छ र कहिले आँधी चल्दछ
वा आपदमा वा सुख चैनमा, परमेश्वर मेरा हुन् अगुवा ।
Verse
समात्छु म उनको हात, नगरूँ गनगनाइको बात
जे परे होस् रमाऊँ सदा कि ईश्वर मेरा हुन् अगुवा ।
Verse
आउँदा पृथ्वीको कामको अन्त, अनुग्रहद्वारा भई जयवन्त
निर्भय म तर्छु मृत-खोला स्वर्गसम्म, ईश्वर हुन् अगुवा ।