KB · Hymns · #344
हे प्रभु, गर्न दर्शन तिम्रो
A72/2
Chorus
हे प्रभु, गर्न दर्शन तिम्रो आएका छैँ हामी आशा लगाई
हे प्रभु गर्न...
Verse
(मनलाई आफ्नातिर लगाईदेऊ) (२)
नापविना आशिष् खनाईदेऊ ।
Verse
(आफ्नो पूर्ण ज्ञान लौ देऊ) (२)
स्वार्गीय वाणी आज लौ सुनाईदेऊ ।
Verse
(खाली होस हृदय प्रभु मेरो) (२)
मोह लोभ औ क्रोध मेटाईदेऊ ।
Verse
(सबै अशुद्धतालाई धोइदेऊ) (२)
क्रूसको मुनि स्नान गराइदेऊ ।
Verse
(क्रूसको वेदीमा आदरसाथ आउँछौँ) (२)
तन-मन-धन सबै भेटी चढ़ाउँछौँ ।