प्रभु तपाईंपट्टि हेर्छौं
F3/4
Verse
प्रभु तपाईंपट्टि हेर्छौं, अब प्रार्थना सुन्नुहोस्
जस्तो पेन्तिकोसमा भयो फेरि आत्मा खन्याइयोस् ।
Chorus
आफ्नो आत्माले हे येशू, हामी प्यासालाई पियाउनुहोस्
अब हाम्रो मनमा आफ्नो इच्छा पूरो गर्नुहोस्
Verse
आफ्नो आगो हाम्रो मनमा खन्याई साफ गर्नुहोस्
सबै काठ र खर र पराल आगोले नाश गर्नुहोस् ।
Verse
लोभ र घमण्ड आफ्नो हुन्छ, मनबाट निकाल्नुहोस्
यसको पछि हाम्रो हृदय-मन्दिर हुन्छ तपाईंको ।
Verse
हामीमा छाप आफ्नो लगाएर शक्तिमान् बनाउनुहोस्
आफ्नो मन्दिरमा हे प्रभु, आत्मिक शब्द सुनाउनुहोस् ।
Verse
आत्मिक वरदान हामीलाई दिई, हामीसँग बस्नुहोस्
रोगीहरू निको हऊन् सबलाई छुटकारा दिनोस् ।
Verse
धन्यवाद र हल्लेलूयाह, हाम्रो बिन्ती सुन्नुहोस्
अझ धेरै गर्नुहुन्छ आमिन्, आमिन्, यस्तै होस् ।