KB · Hymns · #58
चालीस दिनका भोका
G4/4
Verse
चालीस दिनका भोका देखी शैतान आई प्रभुछेउ
भन्नलाग्यो, “यी ढुङ्गालाई रोटी बनाई खाँदै जाऊ” ।
दुष्ट शैतानको वचन सुनी उत्तर दिए प्रभुले
“रोटीले मात्रै बाँच्ने छैनौ, बचाइन्छौ वचनले” ।
Verse
एउटा अल्गो ठाउँमा पुर्याई भन्न लाग्यो राज्य देखाई,
“एकैपल्ट प्रणाम् गरे दिनेछु म तिमीलाई”
“दुष्ट शैतान, लेखेको छ तैँले आफ्नो ईश्वरलाई
प्रणाम गर्नू, सेवा गर्नू, गर्नू स्तुति उनकै” ।
Verse
मन्दिरमाथि चढ़ाइ भन्न लाग्यो शैतानले
“ख्रीष्ट हौ भने हामफाल, आई समाउँछन् दूतले” ।
उत्तर दिए, “दुष्ट शैतान, परीक्षा नगर ईश्वरलाई
लज्जित भई भगिगयो एकलै छाड़ी प्रभुलाई” ।