KB · Hymns · #833
सुनन साथी सुनन लौ येशूको वचन
G4/4
Chorus
सुनन साथी सुनन लौ येशूको वचन
(शान्ति र आनन्द पाउनेछौ अनन्त जीवन हो...) (२)
Verse
संसारको माया प्रेमले मृत्युमा पुर्याउँछ
येशूको अमर प्रेमले जीवनमा डोर्याउँछ
मर्नु त आखिर छदै छ एकदिन सबैलाई
(येशूमा विश्वास गरेर बचाउनु आत्मालाई हो...) (२)
Verse
धर्तीको सबै मानिसलाई यो शुभ खबर छ,
येशूको पछि हिँड्नेलाई अनन्त जीवन छ
संसारको ज्योति येशू हुन् अध्यारो हटाउने
(आफ्नो प्राण त्यागेर हामीलाई बचाउने हो...) (२)