KB · Hymns · #439
हे दयालु स्वर्गीय पिता
G4/4
Verse
हे दयालु स्वर्गीय पिता हाम्रो देशलाई हेर्नुहोस्
आफ्नो प्रभुत्वको बाटो अविश्वास मेटाउनुहोस् ।
साँचो धर्म, साँचो धर्म छिट्टै नै फिँजाउनुहोस् ।
Verse
प्रभु ख्रीष्ट ईश्वरको पुत्र तिनलाई दया गर्नुहोस्
तिनको मनमा साँचो धर्म अब तपाईंले राख्नुहोस्,
देवता छोड़्न्, देवी छोड्न् (नेपाललाई सिकाउनुहोस्) (२) ।
Verse
हे पवित्र हुने आत्मा, ज्योति, ज्ञान र शान्तिको
अन्धकारमा बस्ने सबलाई ख्रीष्टीय मार्गको उज्यालो
दिनुहवस्, दिनुहवस् उसको बाटो मुक्ति भो’ ।
Verse
पिता, पुत्र पवित्रात्मा, हाम्रो बिन्ती सुन्नुहोस्
नाउँ स्तुति जो तपाईंको सबलाई प्रकट गर्नुहोस्,
हे त्राणकर्ता, हे त्राणकर्ता राज तपाईंको स्थिर रहोस् ।