KB · Hymns · #501
सिंहासनमा विराजमान् हुने
E4/4
Chorus
सिंहासनमा विराजमान् हुने परमेश्वरको प्रजा हामी (२)
आऊ उनलाई पुजौँ भक्तिसाथ कहिले छोड़्ने छनन् हाम्रो हात (२)
Verse
(उहाँको रगतले धोई पखालेको पवित्र जाति
आदर, प्रशंसायोग्य परमेश्वरको पुजाहारी हामी) (२)
सनातन देखि सनातनसम्म (२)
आऊ उनलाई पुजौँ भक्तिसाथ कहिले छोड़्ने छनन् हाम्रो हात
Verse
(झरी-घाम र छायाको सामना गरौँ हामी
सबै नयँ भएको स्वदेशमा जाने छौँ हामी) (२)
बादल पारिको उहाँको देशमा (२)
आऊ उनलाई पुजौँ भक्तिसाथ कहिले छोड़्ने छनन् हाम्रो हात