प्रभु तिमीलाई छोडी म कहाँ जाऊँ
E3/4
Chorus
प्रभु तिमीलाई छोडी म कहाँ जाऊँ
अनन्त जीवनका कुराहरू तपाईँ मै छन् ।
Verse
तिमी नै मेरा जीवनका सर्वस्व मेरा राजा, मेरा मालिक, मेरा कप्तान,
दुःख सुखमा साथ दिने सदा तिमी नै मेरा असल गोठाला ।
Verse
हिँड्न नै परोस् घाटी तराईमा मरुमूमि वा जङ्गलको यात्रा नै होस्
छोड्ने छैन म कहिले पनि तिमीलाई मेरो जीवनको अन्तिम घडीसम्म ।
Verse
तिमी नै मेरा दौडमा निसाना हौ, विश्वासको कर्ता र सिद्ध गर्ने तिमी नै हौ
तिमीद्वारा नै निसानामा पुग्नेछु तिम्रै कारणले इनाम म पाउनेछु ।