KB · Hymns · #577
सुन है दाजु, सुन है बहिनी
C4/4
Chorus
सुन है दाजु, सुन है बहिनी कलवरीको कथालाई
सुनेर, बुझेर सबैले मनमा गुनिराख है,
(सुनिराख है, बुझिराख है) (२)
Verse
रगत है रगत, चोट है चोट, येशूले प्राण दिए (२)
तिम्रो र मेरो पापको निम्ति क्रूसमा बलि भए (२)
Verse
मृत्युको बन्धनलाई तोड़ेका छन् ख्रीष्ट येशूले (२)
सित्तैमा दिएका मुक्तिलाई ग्रहण गरिराख है (२)