KB · Hymns · #457
हे दाज्यू, किन यस्तो
C2/2
Verse
हे दाज्यू, किन यस्तो नि संसारमा आज अशान्ति (२)
ख्रीष्टलाई भुले जस्तै नि हुन्छ है, बहिनी, अशान्ति (२)
Verse
ख्रीष्टलाई किन भुल्यो नि यो पापी सारा संसारले (२)
खूब जान्ने भए संसारी ख्रीष्टलाई पर पसारी (२)
Verse
यस्तै के सदा हुने हो, हे प्रिय दाज्यू, भनन् (२)
किन पो हुन्थ्यो सदा नि, ईशको लीला बुझन (२)
Verse
मानिसले किन भूले नि आफ्नो सृष्टिकर्तालाई (२)
पाएर बुद्धि ईश्वरकै, भूले है सृष्टिकर्तालाई (२)
Verse
पश्चात्ताप गरी फर्क है मुक्तिदाताको चरणमा (२)
मुक्ति है पाई स्वर्गलोकमा आनन्दसित पसन (२)
Verse
ईश्वरको नाउँ धन्य होस्, उनैको सत्य सदा होस् (२)
उनैको साँचो भक्त भई, हाम्रो जीवनको अन्त होस् (२)
Verse
स्वर्गमा बसी आनन्दले ईश्वरको पूजन गर्नेछौँ (२)
जय, प्रभु येशू, जय मुक्तिदाता भन्दै हामी गाउनेछौँ (२)