प्रभु म तपाईंको चरणमा
E4/4
Chorus
प्रभु म तपाईंको चरणमा, आउँदछु भारी व्यथा बोकी,
झुकाउँछु कमजोर यस शिरलाई, पश्चात्तापी मनको आँसु पोखी ।
Verse
हिँड़्न सकिनँ, गाह्रो भयो, उत्साह जाँगर हटेर गयो,
मन यो चञ्चल, छैन स्थिर, बग्न थालेकाछन् व्यथा, पिर ।
प्रार्थना गर्छु तपाईं प्रभुमा, डोर्याउनोस् प्रभु कदम कसममा ।
Verse
सिकाउनोस् प्रभु, हिँड़्न वचनमा, भरोसा गर्न, तपाईं प्रभुमा,
कमजोर देह यो सामर्थ्य छैन, तपाईं त्रिना म हिँड़्न सक्दिन ।
प्रार्थना गर्छु तपाईं प्रभुमा, डोर्याउनोस् प्रभु कदम कदममा ।