KB · Hymns · #194
ईश्वर स्वर्गीय पिताले प्रेम गरी लोकलाई
D74/4
Verse
ईश्वर स्वर्गीय पिताले प्रेम गरी लोकलाई, एकले छोरो
दिइहाले जीवन दिनलाई भाइ हो, जीवन दिनलाई
Verse
एकले छोरो नभनी दिए लोकलाई
विश्वास गरी सबैले लेऊन मुक्तिलाई, भाइ हो लेऊन मुक्तिलाई
Verse
स्वर्गबाट येशू आए मुक्ति लिएर
कसले लिए मुक्तिलाई मनै गरेर, भाइ हो मनै गरेर
Verse
येशू पुत्र भएर अवतार लिइआए
विश्वास गर्ने सबैले मुक्तिदान पाए, भाइ हो मुक्तिदान पाए
Verse
दुनियाँ संसार छ सागर पापैको छ व्यवहार
पापलाई लुकाइराखेर कसरी तर्छौं पार, भाइ हो कसरी तर्छौं पार
Verse
जसले सुन्छन् प्रभुको अजम्मरे वचनलाई
उनलाई मुक्ति दिनेछन् अजम्मरेलाई, भाइ हो अजम्मरेलाई
Verse
ईश्वर पिता सामर्थी सबै दान दिनलाई
मनलाई जगाई तयार हौ, दान लिनलाई भाइ हो दान लिनलाई