KB · Hymns · #662
ईश्वरको वचन पूरा गर्न लाई वचन देह भयो
G4/4
Chorus
ईश्वरको वचन पूरा गर्नलाई वचन देह भयो
बालक येशू सबका उद्धारक (जन्म गोठमा भो) (२)
Verse
बालक ईश्वरको प्रिय पुत्र हुन् नाउँ येशू उनको (२)
उद्धार गर्नलाई जन्मेका उनी ईश्वरका पुत्र हुन्
Verse
ईश्वरको पुत्र भएर पनि मानव रुप लिनुभो (२)
आफैलाई रित्याई दिएको दान बालक येशू हुन्