पापमा म डुबेको थिएँ बिलकुल भएँ निराश
A6/8
Verse
पापमा म डुबेको थिएँ, बिलकुल भएँ निराश
येशूसित माफ मागेँ, भई शोकले हताश,
मेरो तब पुकार सुनी सागरको प्रभुले
झट्टै हात पसारी मलाई बचाए ।
Chorus
उठाए मलाई (२), प्रेम गरी ख्रीष्ट येशूले उठाए मलाई
उठाए मलाई (२), पापसागरमा डुब्दा म, उठाए मलाई
Verse
मुक्तिदाता येशूलाई हेर त पापी जन
पापसागरको छालदेखि प्रेमले उतार्दछन्,
उनी मालिक सागरको, आँधी-बतासको नाथ
तिमीलाई बचाउन जो पसार्छन् हात ।
Verse
उनलाई तन-मन-धन दिन्छु मेरो हुन् तारणहार,
उनको शरणमा बस्छु गाएर जयजयकार
सत्य प्रेम महान् यस्तो प्रशंसायोग्य छ,
उनको सत्य प्रेमी सेवा गर्छु म ।