KB · Hymns · #160
यस संसारमा जति छन् साना-ठूला सबै जन
C4/4
Verse
यस संसारमा जति छन् साना-ठूला सबै जन
धन्य भन येशूलाई सबै भन उनको जय ।
Verse
पापको भार उठाउनलाई स्वर्गमा पुर्याउनलाई
हाम्रो लागि दिन सुख येशू आई सहे दुःख ।
Verse
क्रूसमा मरे येशू नै, बलि भयो प्रभुकै
मुक्ति छ ख्रीष्ट येशूमा विश्वास गर उनैमा ।
Verse
जय जय गरौँ येशूको, त्राणको काम सब सिद्धियो
आऊ सबै पापी जन, निको पार्छन् मनको रोग ।