KB · Hymns · #700
नरुनु है हे आमा बाबा
Chorus
नरुनु है हे आमा बाबा (२)
तिम्रो छोरो मरेको होइन प्रभुले लानु भएको (२)
Verse
म त प्रभुको घरमा सुखसँग छु
प्रभुको मीठो मीठो भजन सधैँ गाउँदछु (२)
प्रभुको न्यानो अङ्गालोमा आमा तिम्रै ममता पाउँदछु
Verse
म छुइनँ भनेर संसारमा लौन तिमी हरेस नखाओ
एक दिन त सबै उनकै राज्यमा अवश्य भेट्नेछौँ (२)
यही आशामा बस्नु है सबै प्रभुको आगमन नजीक छ