प्रभु आउँदैछु म
D3/4
Chorus
प्रभु आउँदैछु म, प्रभु आउँदैछु म, क्रूसको छहारीमा,
तपाईंको चरणमा, पापको बोझा लिएर
Verse
जीवन निराश छ, पथ अँध्यारो, कहाँ पुग्नु हो, सम्हाल्नुहोस् (२)
प्रभु बाटो देखाउनोस्, कलवरीमा डोर्याउनोस्, तपाईंको ज्योति दिएर ।
Verse
कति उजाड़ छ पापमय संसार, कहाँ उद्धार छ, बचाउनुहोस् (२)
प्रेमले भर्नुहोस् मेरो यो जीवनमा, तपाईंको प्रेम दिएर ।