KB · Hymns · #224
भाइ बहिनी पापलाई धोई मागन येशूको रगतले
C4/4
Chorus
भाइ-बहिनी, पापलाई धोई मागन येशूको रगतले
Verse
समय पूरो भइगयो परमेश्वरले राज्य गर्ने
मुक्ति उद्धार पाउनेछन् जसले विश्वास गर्ने ।
Verse
स्वर्गबाट ओर्लिआए मानिस चोला लिएर
पापको बन्धन खोलिदिए आफ्नै रगत दिएर ।
Verse
कलवरी डाँड़ैमा क्रूसमा झुण्डाई मारे
तिम्रो हाम्रो पापको साटो रगतको धारा बगाए ।
Verse
समय छैन भाइ-बहिनी चाँड़ै उठिआउनुहोस्
सुसमाचारलाई विश्वास गरी उद्धार मुक्ति पाउनुहोस् ।
Verse
पापको भवसागरमा रहन्छौ कति दिन
प्रभु येशू तयार छन् पार तारिदिन ।
Verse
साँचो अनि एउटै मात्र स्वर्गीय अमर प्रेमलाई
आज अनि यसै घड़ी माग पाउनलाई ।