KB · Hymns · #248
हृदयको पर्दा उघारी हेर्दा
G4/4
Verse
हृदयको पर्दा उघारी हेर्दा पापैले रासै रास बिचारूँ ।
Verse
पाप चित्तले गर्दा हृदयले हेर्दा पापैको जीतबाजी बिचारूँ ।
Verse
पापैले जित्दा ईश्वरले फ्याँक्दा आत्माको सर्वनाश बिचारूँ ।
Verse
आत्माको कुगत ईश्वरले हेरी पुत्रको दिए दान बिचारूँ ।
Verse
पाप हाम्रो हेरी येशूले लिए क्रूसैको महादुःख बिचारूँ ।
Verse
लौ आऊ, गाऊँ येशूको जयजय हृदयको इच्छाले बिचारूँ ।
Verse
आत्मिकै यात्रा सिद्ध गरौँ सबले आत्मिकै गोहारले बिचारूँ ।