KB · Hymns · #352
येशूको नामले दिन्छ सुख
G3/4
Verse
येशूको नामले दिन्छ सुख विश्वासीहरूलाई
चोट निको पार्छ, थाम्छ दु:ख र हटाइदिन्छ भय ।
Chorus
प्यारो नाम मुक्तिदाताको, प्यारो नाम मुक्तिदाताको
प्यारो नाम मुक्तिदाताको, सर्वोच्च नाम येशू
Verse
प्रिय नाम, मेरो जीवन-आधार ढाल, शरणस्थान मेरो
प्रशस्त दिने यो भण्डार असीम अनुग्रहको ।
Verse
ख्रीष्ट त्राता, मित्र गोठालो, बाटो, सत्य, जीवन
भविष्यवक्ता, पुरोहित, राजा, हृदय गर्छु अर्पण ।
Verse
तपाईंको प्रेम अपार सुनाऊँ प्राण मेरो रहुञ्जेल
यस नामले फेरि जागृत होऊँ जब आउँछ मृत्युकाल ।