KB · Hymns · #607
सम्झ है बुझ है
G4/4
Chorus
सम्झ है बुझ है एकपल्ट सोच है (२)
Verse
हाम्रो जीवन के छ र ? माटोको शरीर माटोमा हो
एक दिन त माटोमा मिल्नुछ (२)
Verse
परमप्रभुलाई भुलेर हामीले पाउनु के छ र ?
नरकको आनोमा तड्पीनु छ (२)
Verse
पवित्र बाइबलले भन्दछ प्रभुलाई भुल्ने नाश हुनेछ
उम्कने ठाउँ कहाँ छ र ? (२)
Verse
अनन्तसम्म नरककुण्डमा दन्किरहेको आगोमा
बचाउने को होला त्यो दिनमा (२)
Verse
येशूको रगतमा शक्ति छ नरकदेखि बचाउनलाई
पछुताउने पापीलाई मौका छ (२)