KB · Hymns · #28
सानो डुँड़मा हेर भाइ येशू जन्मे हामीलाई
G4/4
Verse
सानो डुँड़मा हेर भाइ, येशू जन्मे हामीलाई
हेर, नम्र बाल अवतार, तादिको करार अन्सार ।
Chorus
धन्य सुखको दिन आयो धन्य हाम्रो मुक्ति भो’
गाऊ संसारका सब सृष्टि बेथलेहेममा जन्मे ख्रीष्ट
Verse
जसको ठाउँ र सिंहासन करूबका बीचमा छन्
जसले सिर्जे सब सृष्टि अहिले डुँड़मा प्रभु ख्रीष्ट ।
Verse
गोठाला कुरिबस्दा देखे ज्योति रातैमा
भने दूतले होस् मिलाप, जन्मे ख्रीष्ट मेटाउने पाप ।
Verse
प्रिय पुत्र ईश्वरको, प्रेम तपाईंका कत्रो भो’
छोड़ी स्वर्गीय आनन्द सुख सहनु भो’ संसारको दुःख ।