KB · Hymns · #228
ब्युँझ-ब्युँझ नेपाली परमेश्वरको वचन सुन्नलाई
F4/4
Chorus
ब्युँझ-ब्युँझ नेपाली परमेश्वरको वचन सुन्नलाई
Verse
यो अन्धकारमा बसेर शैतानको जाल-झेलमा फसेर
किन प्रभुको खोजी गर्दैनौ, किन एक साँचो ईश्वर पुज्दैनौ ?
Verse
जे तिमी विश्वास गर्दछौ, जे तिमी आशा राख्दछौ
निराशमा तिमी पुग्नेछौ र शैतानको झेलमा फस्नेछौ ।
Verse
आउनुहोस्, विश्वास गरी आउनुहोस्, यो खुशीको खबर सुन्नुहोस्
प्रभुको वचन पढ़्नुहोस्, आफ्नो आत्मालाई बचाउनुहोस् ।
Verse
धेरै वर्षअघि एक दिनमा बेथलेहेमको त्यो सानो गाउँमा
परमेश्वरको पुत्र ख्रीष्ट आउनुभो’, गाईको गोठमा जन्म लिनुभो’ ।
Verse
स्वर्गमा बस्ने हाम्रो पिताले हामीलाई दया गर्नुभो’
हाम्रो यो पापलाई देखेर आफ्नो एकलो पुत्रलाई दिनुभो’ ।
Verse
यस पापी संसारमा आएर स्वर्गको प्रचार गरेर
प्रभु ख्रीष्ट क्रूसमा मर्नुभो’ हाम्रो पापको भार उठाउनुभो’ ।
Verse
हाम्रो सबै दुःख-कष्ट सहेर माटोमुनि तीन दिनसम्म रहेर
प्रभु फेरि बौरिएर उठनुभो’ र स्वर्गको ढोका खोल्नुभो’ ।
Verse
प्रभु ख्रीष्टले पापलाई जित्नुभो’ हामी सबैलाई क्रूसमा किन्नुभो’
अमूल्य रगत बहाउनुभो’, विश्वासी सबैलाई बचाउनुभो’ ।
Verse
आउनुहोस् हे नेपाली, आउनुहोस्, पश्चात्ताप गरी आज आउनुहोस्
आफ्नो पापलाई मानिलिनुहोस्, प्रभुसित पापको क्षमा माग्नुहोस् ।
Verse
क्रूसको रगतमा विश्वास गर्नुहोस्, शैतानका सबै कुरा छोड़्नुहोस्
प्रभुको बचन पढ़्नुहोस्, प्रार्थना अटूट गर्नुहोस् ।
Verse
जब प्रभु फेरि आउनेछन्, विश्वासी सबलाई बचाउनेछन्
विश्वासीलाई स्वर्ग पठाउनेछन्, शैतान र दुष्टलाई नाश गर्नेछन् ।