KB · Hymns · #276
यो एक उदेकको कुरा हो
C3/4
Verse
यो एक उदेकको कुरा हो, ईश्वरको पुत्र येशू ख्रीष्ट
स्वर्गलाई त्यागी आउनुभो’ मजस्तो पापी बचाउन ।
Verse
ती गरीब घरमा जन्मिए काम गरे, सुख-दुःखले, रोए
पापीको लागि ती मरे, जान यो कुरो साँचो हो ।
Verse
यो एक उदेकको कुरो हो, अग्घोर छ उनको प्रेम ममा
यो झन् उदेकको कुरा हो, थोरै छ मेरो प्रेम उनमा ।
Verse
तपाईंलाई प्रेम म गर्न पाए हृदयमा प्रेमको आगो बाल
अझै म गर्नेछु धेर प्रेम, तपाईंको दर्शन नपाउञ्ज्याल ।