KB · Hymns · #565
सौभाग्य पृथ्वीमा प्रभु येशूको गीत गाउनु
F4/4
Chorus
(सौभाग्य, पृथ्वीमा प्रभु येशूको गीत गाउनुभन्दा ठूलो के हो) (३)
हो, सौभाग्य ...
Verse
उनको ठूलो अनुग्रह भो’, मानिस ईश्वरको मिलाप भयो
हो हो हो बन्धन सबै टुटिगए, शक्ति शैतानको सखाप भयो
(खुशीको बाँध टुट्यो, हृदय उमङ्गले भर्यो,
अपूर्व हेर छुटकारा मिल्यो) (२)
प्रशंसा प्रशंसा हृदय खोली धरती गुञ्जाउने हो
निराशालाई भगाउने हे हे हे हे हो ।
Verse
के भो’ के भो’ हृदय मेरो स्वर्गिय प्रेमले नयाँ भयो
हो हो हो पापी मेरो जीवनमा येशू प्रभुको दया भयो
(रमाइलो धुन सज्यो, नौलो यो राग बज्यो,
स्वर्गको तालमा हृदय नाच्यो) (२)
फैल्याउँदै फैल्याउँदै धरतीभरि जाति-जातिमाझ,
सुसमाचारलाई सुनाउने हे हे हे हे हो ।