KB · Hymns · #309
नदी जस्तो राम्रो ईश्वरको शान्ति
F4/4Translated
Verse
नदी जस्तो राम्रो ईश्वरको शान्ति
दुःख हटाउँछ हाम्रो हुदाँ खूब वृद्धि,
पूरा छ, तै हुन्छ झन् फराकिलो
पूरा छ, तै बढ़्छ अझै गहिरो ।
Chorus
परमेश्वरमा स्थापित मनमा छ आराम
वचनअन्सार पाई शान्ति र विश्राम
Verse
उनको आड़मा बस्छ जो कोही पाउँछ सुख
शत्रु त्यहाँ न पस्छ न ता दिन्छ दुःख,
चिन्ता, पीर, आतुरी आँधीझैँ आउँछ
तर प्राणलाई हुरी असर पार्दैन ।
Verse
हर वरदान सर्वोत्तम ईश्वरबाट हो
हामीलाई छ उत्तम दुःख वा सुखको,
उनमा राख्न सक्छौँ पूरा भरोसा
राखे उनमा पाउँछौ सत्यपूर्णता ।