KB · Hymns · #323
गर बखान पुरानो स्वर्गको कुराको
C4/4
Verse
गर बखान पुरानो, स्वर्गको कुराको
येशूको महिमा जानूँ, येशूको प्रेम के भो’,
गर बखान सजिलो, साना बालकलाई झैँ
निर्बल र हैरान छु, छु निर्धो र पापमय ।
Chorus
गर बखान पुरानो (३) येशूको प्रेम के भो’
Verse
गर बखान बिस्तारै, म बुझ्न सकूँ बात
उदेकको त्यो उद्धारै, जो मेट्ने पापको गत,
गर बखान दोहोर्याई चाँडै बिर्सन्छु म
बिहानको शीत पराई दिउँसो रहनेछ ।
Verse
गर बखान कमलो, सँग यत्न स्वर र धीर
येशूले प्राण दिइहाले, उद्धार गराई स्थिर;
गर बखान सब समय, यस्तै गरी नै
मलाई गोहार साँच्चै, सब खाँचो हुँदामै ।
Verse
गर बखान पुरानो, देखा पर्दामा
यस लोकको व्यर्थ मानको धेरै इच्छा गर्छु म
अँ अनि जब म खोजूँ स्वर्गलोकको सत्य मान
गर बखान पुरानो, येशूले गर्छन् त्राण ।