KB · Hymns · #62
स्वर्ग महिमित सिंहासन छोड़्नुभो
G2/2
Chorus
स्वर्ग महिमित सिंहासन छोड़्नुभो’
बेथलेहेमको पुरानो गोठ ख्रीष्टले रोज्नुभो’
मानिसलाई यस्तो प्यार येशूले गर्नुभो’ (२)
तिनलाई अल्गाउन स्वयं होचिनुभो’ (२)
Verse
पापीलाई बचाउन स्वयं पाप बन्नुभो’
मृत्युदण्ड पनि प्रभुले भोग्नुभो’ (२)
जयवन्त जीवन दिन ख्रीष्ट बौरी उठ्नुभो’
हल्लेलूयाह प्रभु येशूको (२)
Verse
तुरहीको साथ महिमित बादलमा
आउनेछन् प्रभु ख्रीष्ट फेरि यो विश्वमा (२)
लिएर हामीलाई पुर्याउँछन् स्वर्गलोकमा
हल्लेलूयाह प्रभु येशूको (२)