KB · Hymns · #395
मेरो जीवन स्वामी येशूलाई हृदय भेट चढ़ाउँदै
A4/4
Chorus
मेरो जीवन स्वामी येशूलाई हृदय भेट चढ़ाउँदै
स्तुति, प्रशंसा, इज्जत सदासर्वदा दिन्छु (२)
Verse
मेरो जीवन सुरक्षा तिमी हौ, आशा-भरोसा, शान्ति हौ (२)
जीवनको ज्योति र मुक्ति हौ, मेरो जीवनको यात्रामा (२)
तिमी एक सहारा हौ (२)
Verse
प्रभु मेरो हृदयमा आइदेऊ, ज्योतिमय जीवन बनाइदेऊ (२)
जीवनको हरेक कदममा, हे प्रभु सधैँ डोर्याइदेऊ (२)
मलाई सहारा लौ देऊ (२)