प्रभुले तिमीलाई बिर्सेका छैनन्
Am3/4
Chorus
प्रभुले तिमीलाई बिर्सेका छैनन् हरेस नखाऊ, हे ख्रीष्टका जनहो ।
हत्केलामा खोपेकाछन् नक्सालाई विचलित नहोऊ हे क्रूसका यात्री हो ।
Verse
विलाप गर्दा गर्दा थाकिसक्यौ होला, आँसुले सधैं ओछ्यान भिजाउँछौ होला
आनन्द गर तरै पनि आनन्द गर, हारमा पनि तिम्रो जीत छ नभुल । (२)
Verse
विश्वासको जहाज डुब्न लागेको होला समस्याले घेरिएका छौ होला
अन्धकारको कालो बादलले छोपे पनि प्रभु नजिकै छन्, यो नबिर्स । (२)
Verse
परिश्रम तिम्रो व्यर्थ छैन ख्रीष्टमा प्रतिफल पाउनेछौ एकदिन स्वर्गमा
बस्नुछैन सधैं क्षणिक संसारमा विजयी बनि अघि बढ्नुछ प्रभुमा । (२)