KB · Hymns · #411
आऊ काम गरौँ कटनीमा अल्छे गरी को बस्ला
C2/2Translated
Verse
आऊ काम गरौँ, कटनीमा अल्छे गरी को बस्ला ?
सबतिर अन्न पाकेको हुँदा एक-एकै दासलाई उनले भन्दछन्,
जाऊ काम गर
Verse
आऊ काम गरौँ, दूतले नपाएको काममा हात लगाऔँ
सबैलाई यो सुसमाचार सुनाऔँ, बित्दैछ बेला
ढिलो नगरौँ, रात पर्दैछ
Verse
आऊ काम गरौँ, शंका र डर सबै दूर गरेर
यहाँ सबैले काम त गर्नु छ
उनले निर्धाबाट गराउँदछन् आफ्नो इच्छा
Verse
आऊ काम गरौँ, घाम हुँदा हामीहरू नबिसाऔँ
जहिलेसम्म हाम्रो धेर काम नहोस् र जबसम्म उनले
भन्दैनन्, “तँ दास धन्य”
Verse
आऊ काम गरौँ, काम गर्नेले निश्चय पाउनेछन् इनाम
धन्य जो अन्तसम्म स्थिर होलान्,
ती पाउनेछन् सुख, आनन्द र विश्राम, प्रभुसँग