परमेश्वर पीताको जयजयकार गाऊँ
G4/4
Chorus
परमेश्वर पीताको जयजयकार गाऊँ, हामीलाई बनाउने उनी नै हुन्,
आफ्नो ज्ञान र शक्तिले उनैले सबै सृष्टि गरे
Verse
अँध्यारो शून्यमा ज्योति चम्क्यो, दिन र रात ईश्वरले छुटाए,
सबै तारा र जून र घाम, भूमि र आकाश उनैका काम ।
Verse
डाँड़ाका बीचमा खोला बगे, घाँस र रूख-पात उब्जाए,
कति सुन्दर संसार, यो उनलाई औधी जाति लाग्यो ।
Verse
पानीमा माछा खेल्न थाले, आकाशमा चराका स्वर सुनिए,
साना-ठूला प्राणी सिर्जे सबै राम्रा र उनका निजी ।
Verse
आखिरमा सृष्टि मानिसको भो’, ईश्वरका रूपमा सृष्टि भयो,
“मसित मिलोस् शुद्ध र साफ” मानिसप्रति ईश्वरको आश ।
Verse
ईश्वरसित नै मिलौँ हामी उहाँका नियम हृदयले मानी,
सत्य कुरा हामी मानौँ जीवन अमर हामी पाऔँ ।