KB · Hymns · #322
हृदयमा छ मेरो दिव्य राग
F4/4
Verse
हृदयमा छ मेरो दिव्य राग, येशूको मीठो ध्वनि
नडराऊ सदैव छु म साथ, प्रत्येक दिन र रात पनि ।
Chorus
येशू, येशू, येशू श्रेष्ठ र मीठो नाम
ल्यायो शान्ति, स्थायी क्रूसमा गरी जगको त्राण
Verse
पापको भारले जीवन भयो निकृष्ट, दुर्बल, ‘थेँ म निरुपाय,
बनेर सहायक आए ख्रीष्ट गर्नलाई शत्रुको क्षय ।
Verse
एक सुनौलो बिहान फेरि ख्रीष्ट आउँछन् बादलमा निश्चय,
लिएर शरीर त्यो महिमित जानेछौँ ख्रीष्ट साथ निर्भय ।