प्रभु येशू हाम्रो पृथ्वीपति
D4/4
Verse
प्रभु येशू हाम्रो, पृथ्वीपति, प्यारो ईश्वरको पुत्र र मानिसको
तपाईंलाई हे प्रभु, स्तुति चढ़ाउँदछु, महिमा, आनन्द, जय मेरो ।
Verse
चउर खूब रमाइला छन्, वन त झन् रमाइला छन्, वसन्तको शोभाले ढाकेको
येशू झन् राम्रा छन्, येशू झन् शुद्ध छन्, जसले हटाउँछन् दुःख हाम्रो ।
Verse
घाम अति राम्रो छ, जून असाध्य राम्रो छ, आकाश छ ताराले भरेको
येशू झन् चम्किला, येशू हुन् उज्याला, उनी हुन् स्वर्गका प्रभु ।