KB · Hymns · #761
येशू म तिमीलाई सधैं नै प्रेम गर्नेछु
C4/4
Chorus
येशू म तिमीलाई सधैं नै प्रेम गर्नेछु (२)
Verse
मसँग तिम्रा तिम्रा वचनहरू छन् (२) तिनमै म समर्पित बनिरहेछु,
मेरो रमाहट तिम्रो व्यवस्थामा छ । (२)
Verse
मसँग तिम्रा प्रतिज्ञाहरू छन् (२) तिनमै म दिनरात ध्यान दिइरहेछु
मेरो रमाहट तिम्रो सिद्ध प्रेममा छ । (२)
Verse
जसरी मलाई पिताले प्रेम गर्दछन् (२) त्यसरी नै तिमीलाई प्रेम गर्नेछु
तिमी मेरो प्रेममा रहिरहो । (२)