KB · Hymns · #281
येशू हुन् मेरो कस्तो विलास
C9/8
Verse
येशू हुन् मेरो कस्तो विलास, दिँदछन् मनमा महिमाको आश
मुक्तिको भागी स्वर्ग मेरो घर, उनमा म बस्छु सधैँ निडर ।
Chorus
यो मेरो हाल छ, यो मेरो गान गर्छु प्रशंसा प्रतिदिनै (२)
Verse
पूरा भरोसा, आनन्द र सुख, अब मेरो मनमा न शोक न दुःख
ख्रीष्टबाट भयो दयाको ज्ञान, दूतगण अब गर्छन् प्रेमको बखान ।
Verse
विश्वास म राख्छु, ख्रीष्ट मेरो नाथ, उनैमा बस्छु सुरक्षासाथ
उनैमा प्रेमले पाउँछु विश्राम जानेछु अन्तमा स्वर्गीय लोक ।