KB · Hymns · #32
दाऊद राजाको शहरमा
D4/4Translated
Verse
दाऊद राजाको शहरमा गाईको एउटा गोठ थियो
बालक आमाले सुताउँदा कोक्रो भयो डुँड़ैको
मरियम नम्र आमाचाहिँ येशू बालक उनैकै ।
Verse
येशू बालक सबका स्वामी संसार आए अवतार भई
उनको बास गोठमा अनि उनको कोक्रो त्यो डुँड़ै
कङ्गाल अनि हेला यो मुक्तिदाता हुनुभो’ ।
Verse
येशू सानै बालकदेखि दीन र आज्ञाकारी ‘थे
आमाचाहिँलाई प्रेमले हेरी जसको काखमा सुत्दथे
ख्रीष्टीय बालक होऔँ यस्तै आज्ञाकारी येशूझैँ ।
Verse
हामीजस्तै बालक भए, दिन-दिन बढ़्थे हामीझैँ
कमजोर अनि लाचार थिए, रुनु-हाँस्नु सब उस्तै
हाम्रो दुःखमा दुःखित छन्, हाम्रो सुखमा सुखी छन् ।